अर्थ वार्ता

दुई सातामा सुनको भाउ ८ हजार ८ सय घट्यो, अहिले कति छ ?

Banner

काठमाडौं, कात्तिक २८-

दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार थप ४ सय रुपैयाँले मूल्य घटेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।

कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।

अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>