समाचार

यी प्रदेशमा आज पानी पर्ने

Banner

काठमाडौं, कात्तिक २४-

देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>