समाचार
छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुने
०

गण्डकी,कात्तिक २२-
गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले छठपर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताउनुुभएको छ ।
छठका अवसरमा आज जारी गर्नुभएको शुुभकामना सन्देशमा उहाँले यो पर्वका माध्यमबाट देशको धर्म, संस्कृति र परम्पराको लाई प्रवद्र्धन बल पुगेको उल्लेख गर्नुभएको छ । “छठ पर्वले आपसी सद्भाव, र एकताको सन्देश फैलाएको छ”, सन्देशमा उहाँले भन्नुुभएको छ ।
सूर्य र छठी माताको पूजा यो पर्वको विशेषता हो । विधिपूर्वक व्रत सम्पन्न गरेमा वान्छित। फल प्राप्त हुने, परिवारको कल्याणका साथै मानव जीवनका सबै दुःखकष्ट हट्ने जनविश्वास छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























