समाचार

भारतसँगको विद्युत व्यापार सम्झौताविरूद्ध परेको रिट खारेज

Banner

काठमाडौं, कात्तिक २०

सर्वोच्च अदालतले नेपाल-भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताविरूद्ध परेको रिट खारेज गरेको छ।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले उक्त रिट खारेज गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।

योसँगै भारतसँग विद्युत व्यापार गर्ने बाटो खुलेको हो। कुईकेलका अनुसार यसमा निर्देशनात्मक आदेश समेत जारी भएको छ। यद्यपि यसबारे विस्तृत विवरण आइनसकेको उनले बताए।

‘रिट खारेज भएको छ। यसमा निर्देशनात्मक आदेश पनि जारी भएको छ। तर तत्काल आदेश मैले प्राप्त गरिसकेको छैन,’ उनले भने। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले २०८० माघ २२ गते व्‍यापार सम्झौताविरूद्ध रिट दायर गरेका थिए।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, परराष्ट्र, अर्थ, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयवरूद्ध रिट दायर गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>