स्वास्थ्य

अर्घाखाँची बस दुर्घटनाका घाइतेलाई मुख्यमन्त्रीले भेटे

Banner

अर्घाखाँची, कात्तिक २०-

अर्घाखाँचीमा बस दुर्घटनामा घाइते भएकालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले भेटेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलस्थित चौराह अस्पताल पुगेर बस दुर्घटनामा घाइते भएकालाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ६, खिल्जीमा सोमबार दिउँसो भएको दुर्घटनामा परी ३४ जना घाइते भएका थिए । दुर्घटनामा परेर दुई महिलाको मृत्यु भएको थियो । ना ३ ख २४७१ नम्बरको यात्रुवाहक बसले भैलो खेलिरहेको समूहलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>