समाचार

स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

Banner

बागमती, कात्तिक १९-

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा।प्र। ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गङ्गा पहरीको मृत्यु भएको हो । सोही स्कुटरको ठक्करबाट पहरीका ५ वर्षीय अनुप पहरी घाइते भएका छन् ।

ठक्करबाट गम्भीर घाइते गङ्गा पहरीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

ठक्कर दिने स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडा निवासी २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>