समाचार

करण र भीम चोटका कारण बाहिरिएपछि देव र सागर टिममा समेटिए

Banner

काठमाडौं, कात्तिक १९-

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ ।

चोटका कारण पेसर करण केसी र ब्याटर भीम शार्की टिमबाट बाहिरिएका छन् भने उनीहरुको स्थानमा देव खनाल र सागर ढकाल टिममा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । करण अमेरिका विरुद्धको खेलमा बलिङका क्रममा घाइते भएपछि बाँकी खेल खेलेनन् ।

क्यानले सोमबार स्टेटमेन्ट जारी गर्दै चोटका कारण करणसँगै भिम पनि टिम बाट बाहिरिएको जनाएको छ । नेपाली टिमसँगै रिजर्भ खेलाडीका रुपमा रहेका देव र सागर अब १५ सदस्यीय टिममा समावेश हुनेछन् ।

अमेरिकामा भइरहेको लिग टु को सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।

सिरिजमा यसअघि खेलेका तीनमध्ये दुई खेलमा पराजित भएको नेपालले एक खेल मात्र जितेको छ । स्कटल्याण्ड विरुद्ध नै यसअघिको पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो । घरेलु टोली अमेरिका विरुद्ध भने नेपाल पहिलो खेलमा ३ विकेटले र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>