घटना -दुर्घटना

अरिंगालले चिल्न थालेपछि ३३ वर्षीय युवा रुखबाट खसे

Banner

हेटौँडा,कात्तिक १३-

मकवानपुरमा रुखबाट लडेर एक युवा घाइते भएका छन्। अरिंगालले चिलेपछि ती युवा रुखबाट खसेका प्रहरीले जनाएको छ। राक्सिराङ गाउँपालिका–७ स्थित काँकडाका ३३ वर्षीय वीरबहादुर प्रजा अरिंगालको टोकाइ र रुखबाट लडेर घाइते भएका हुन्।

सोमबार घर नजिकैको वाकसिटि खोला जंगलमा कोईरालाको रुखमा रहेको अरिंगालको गोला टिप्ने क्रममा उनलाई अरिंगालले चिलेको थियो। अरिंगालले चिल्न थालेपछि उनी रुखबाट लडेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

टाउको र शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएको प्रजाको हाल एलाईभ अस्पताल चितवनमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>