समाचार

मुद्दा जिताउने भन्दै ठगी गरेको आरोपमा पक्राउ

Banner

काठमाडौँ, कात्तिक १२-

काठमाण्डौँ–निजगढ द्रुत मार्ग (फाष्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाण्डौँ–निजगढ द्रुत मार्ग ९फाष्ट ट्रयाक० को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ रु एक करोड २८ लाख लिएर फरार भएका थिए ।

आचार्यले भन्नुभयो, “कार्यालयमा जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>