समाचार

बीमा गर्न बाध्य पार्ने कानुन बनाउन भनेका छौं: अध्यक्ष सिलवाल

Banner

काठमाडौं, कात्तिक ६-

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् ।

नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले आफू ७ प्रदेशका विभिन्न क्षेत्रहरुमा पुग्दा नागरिकमा बीमाबारे जानकारी नै नपुगेको पाएको बताए ।नीतिबाट बीमाका लागि बाध्य बनाउनसके त्यसको फाइदा विमित स्वयंले पाउने अध्यक्ष सिलवालले बताए ।

‘म सातै प्रदेशको क्षेत्रमा पुगेको छु । बीमा भन्नेकुरा सुनेको छ, बीमा उसले गरेको छैन । यसका दुई कारण छन् । मसँग ९पैसा० छ तर म गर्दिन, किनभने मलाई वाइयात लाग्छ एउटा कारण । अर्को, मलाई गर्नु चाहिँ छ तर मसँग पैसा छैन । त्यसकारण हामीले अहिले सरकारसँग लबिङ गरिरहेको कुरा भनेकै बीमा गर्न बाध्य बनाउनुपर्‍यो’,उनले भने ।

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआइआइ २०२४) मंगलबार काठमाडौंमा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनले म्युनिख रे फाउण्डेसन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औं संस्करण आयोजना गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>