खेलकुद

बागमती प्रदेश छनोट खेल्न चितवन यू–१९ क्रिकेट टिमको बिदाई

Banner

चितवन, असोज ३०–

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आयोजित बागमती प्रदेश छनोट प्रतियोगिता खेल्न जान लागेको चितवन यू–१९ क्रिकेट टिमलाई आज चितवन जिल्ला क्रिकेट संघले बिदाई गरेको छ ।

भरतपुरस्थित क्रिकेट एकेडेमीमा आज दशैं टिका लगाएर खेलाडी तथा टिम व्यवस्थापकलाई टिका जमरा लगाएर बिदाई गरिएको हो । संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष उमेश पिया, कोषाध्यक्ष अर्जुन केसी र सदस्य प्रशान्त पियाले खेलाडीहरुलाई बिदाई गरेका हुन् । खेलाडीहरु आजै हेटौंडा प्रस्थान गरेका छन् । चितवन पहिलो खेलमा भोलि (बिहीबार) नुवाकोटसंग खेल्नेछ । यस प्रतियोगिता ४० ओभरको खेलाइने छ ।

खेलाडीहरुलाई बिदाई गर्दै संघका अध्यक्ष सुदिप पियाले खेलाडीहरुलाई धैर्य गरेर खेल्न सुझाव दिए । ४० ओभरको खेल भएकाले आफ्नो क्षमता अनुसार धैर्यताका साथ खेल्न उनले आग्रह गरे । उनले प्रतियोगितामा उपाधि जित्न चितवन टिमलाई शुभकामना दिए । चितवन यू–१९ टिमका कप्तान रोशन झाले प्रतियोगिताका सबै खेल जितेर उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले चितवनबाट राम्रो क्षमता भएका खेलाडी भएकाले प्रदेश हुँदै राष्ट्रिय टिममा स्थान बनाउन सक्ने संभावना रहेको बताए । उनले आफ्नो तर्फबाट शतप्रतिशत दिएर खेल्ने बताए । चितवन टिममा जिल्लाको सिनियर टिमबाट खेलिसकेका खेलाडी छन् भने यू–१६ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका सूर्यांशु कोइरालासहितका खेलाडी छन् ।

चितवन यू–१९ टिमः
रोशन झा (कप्तान), विशाल खत्री (उपकप्तान), शुभम ढुंगाना, मन्दीप बराल, निकेश गुरुङ, विवश न्यौपाने, सुहन घिमिरे, सिद्धान्त क्षेत्री, समीर पौडेल, प्रिन्स पटेल, सूर्यांशु कोइाराला, आभाष पौडेल, सन्देश सुवेदी र मन्दीप खड्का ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>