तनहुँ

देवघाटका मिर्गौला पीडित यमबहादुरको उपचारका लागि छ लाख सङ्कलन

Banner

दमौली, असोज २६-

देवघाटका मिर्गौला पीडित यमबहादुरको उपचारका लागि छ लाख सङ्कलनदेवघाट गाउँपालिका–२ नरम निवासी मिर्गौला पीडित ४९ वर्षीय यमबहादुर थापाको उपचारका लागि रु छ लाख सङ्कलन भएको छ । तीन वर्षदेखि सञ्चालित ‘यमबहादुर थापा बचाऊ’ अभियानबाट उक्त रकम सङ्कलन भएको हो ।

अभियानका संयोजक हीरा थापाका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरेका हुन् । कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क मगरले यमबहादुरको उपचारका लागि देवघाटका विद्यालय, युवा क्लव, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सङ्घसंस्थासँग पनि अनुरोध गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>