Breaking News
चेपाङलाई चामलको भातको रहर, गिट्ठा र ढिंडोमा दशै

चितवन, असोज २५–
दसैं घरआँगनमै आएपनि वाक्राङका अमृतलाल चेपाङलाई कुनै रौनक छैन । दसैं जतिजति नजिकिएको छ पिडा पनि उत्तिकै बढेको छ । अनुहारमा हाँसो र उमगं देखिदैन । अमृलालकी आठ छोरी सृष्टि चेपाङले दशैंमा चामलको भात खाने रहर गरेर अघिपछि गरिरहेकी छन् । उनको रहर कसरी पुरा गर्ने भन्ने पिरलो उनलाई छ । आफु त जेनतेन टार्ने सोचमा थिए । तर सन्तानको रहरले दशैमा उनलाई खल्लो बनाएको । घरमा अन्न छैन । भएको घैया धान सकियो, बारीमा कोदो पाकेको छैन । दशै कसरी मनाउने भन्ने चिन्तामा छन् उनी । ‘मकै सकियो, घैया धान पन सकियो । सानी छोरीले बा दशैंमा चामलको भात भनेर पछिपछि लागेकी छ । चामलको भात त रहरै भयो । उनले भने, ‘ढिंडो र सिस्नो खाएर मनाउने सुर छ । हामीलाई गरिबलाई चाडबाँड भनेको पिडा मात्रै हो । ’
जस्तापाताले बारेको छाप्रो भित्रको अगेनामा गिट्ठा उम्लिरहेको थियो । जंगलमा गएर ल्याएको गिट्ठा तीन घण्टा लगाएर उमाल्दै थिए अमृतलाल । घरमा अन्न नभएपछि छाक टार्नै मुस्किल छ । दशैं मनाउने त परकोे कुरा । चेपाङ समुदायलाई मुखैमा आएको दशै कसरी मनाउने भन्ने पिरलो छ । ‘चामल छैन त्यही ढिडो ओढालेर दशैश्ं मनाउन प¥यो । चामलको भातको रहर त लाग्छ नी’ अमृतलालकी श्रीमति दिलमायाले भनिन्, ‘चामल छैन ढिडो ओढालेर दशैं मनाउने हो । चामलको भात खान लाग्छ तर के गर्नु आफुसंग पैसा छैन, चाडबाँडमा केही रमाइँलो हुँदैन ।’

चेपाङहरूको मुख्य समस्या नै खाद्यान्न हो । चेपाङ समुदायले पाखो बारीमा लगाएको मकै मुस्किलले तीन महिना धान्दैन । छ महिना सहकाल, छ महिना अनिकालको बाध्यता छ । दसैंमा चामलको भात हरेक परिवारको रहर हो । आर्थिक विपन्नताले उनीहरु नयाँ लुगा किन्न पनि सक्दैनन्, न चामल नै । शरीरमा एक सरो नयाँ लुगा लगाउने रहर छ । तर उपाय छैन । राप्ती नगरपालिका–१३ का बुद्धिराज चेपाङलाई पैसा नहुँदा गरिबीले दशैं आएको अनुभव गर्न पाएका छैनन् । ले गरिबको दशै ढिडो भएको बताए । ‘पैसा भएको भए दशैं आएको झै हुन्थ्यो होला , गरिब चेपाङलाई के को दशैं आउथ्यो र ?,’बुद्धिराजले दुख सुनाए ‘हामी गरिब न लुगा किनेर लगाउन सक्छौं न चामल किन्न सक्छौं । हामी गरिबलाई संधै यस्तै हो । अरुले दिए खाने हो ।’
चेपाङको परिवारलाई वर्षभरि खान पुग्दैन । अहिलेपनि चेपाङहरु गिट्ठाभ्याकुरले छाक टार्दै आएका छन् । यसपटक हरेक चेपाङ परिवारमा दशैंको रौनकता छैन । केही वर्षअघिसम्म दाताले दिएको चामलले दशैं टार्थे । यसपटक उनीहरुको दशैं खल्लो भएको छ । ‘खानेपिउने त गर्छन्, अन्न नभएकै कारण चेपाङलाई खासै दशैं आएको जस्तो हुँदैन, चेपाङ अभियन्ता केपी किरण शर्मा भन्छन्, ‘अभावै अभावको भागाईमा उनीहरुका लागी चाडपर्वले रौनतका दिदैन । बरु उल्टै पिडा दिन्छ । ’
चितवनको पहाडी भेगमा चेपाङ समुदायको बसोबास छ र भरतपुर महानगरपालिका राप्ती, कालिका नगरपालिकाको पहानडी भेग र इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको बसोबास छ ।
























