अन्तर्राष्ट्रिय
अमेरिकामा हेलेन आँधीका कारण मर्नेको संख्या १२८ पुग्यो
०
वासिङ्गटन, असोज १५-
दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तिमा १२८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६ अमेरिकी राज्यमा हताहतको खबर आएको छ ।सबैभन्दा धेरै नर्थ क्यारोलिनामा ५६ जनाको ज्यान गएको छ ।
साउथ क्यारोलिनामा पनि ३० जनाको मृत्यु भएको छ । जर्जियामा २५, फ्लोरिडामा ११, टेनेसीमा ४ र भर्जिनियामा थप २ जनाको मृत्यु भएको बताइएको छ । आँधीको प्रभावबाट उब्रिन हप्तौँ, महिनौं र वर्षौ लाग्ने नर्थ क्यारोलिनाका महान्यायाधीवक्ता जोश स्टेनले भनेका छन् । कयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताइरहेका छन् । क्यारोलिनामा सयौँ बाटो अझै पनि बन्द छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>