समाचार
होटल एभरेस्टमा म्याद गुज्रेका सामान फेला परेपछि विभागले तिरायो तीन लाख जरिबाना
०
काठमाडौं, असोज १५-
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ ।
नयाँ बानेश्वरको होटल एभरेस्ट र बुटिक होटल बसेरालाई सरकारले तीनतीन लाख रुपैयाँ जरिबाना तिराएको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेको छ ।
बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो ।
दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना तिराइएको विभागको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>