घटना -दुर्घटना
बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि सरकारले पहिलो किस्ता तत्काल उपलब्ध गराउने
०
काठमाडौं, असोज १५-
सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ । सोही निर्णय अनुसार लाभग्राहीलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको छ,’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले भने ।
प्रभावितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>