अर्थ
दशैंका लागि आजदेखि सुकिला नोट साट्न सकिने
०
काठमाडौं, असोज १३-
दशैंका लागि साना दरका नोट आजदेखि साट्न सकिने भएको छ । राष्ट्र बैंकका अनुसार दशैंका लागि असोज २२ गतेसम्म साना दरका नोट साट्न सकिने छ । सर्वसाधारणहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू ९विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी०बाट सुकिला नोट सटही गर्न सक्नेछन् ।
विगतका वर्षहरूमा जस्तो राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै भने नसाट्न भएको छ । त्यसैले यस वर्ष सफा र सुकिला नोट मात्रै दशैंका लागि साट्ने व्यवस्था गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>