खेलकुद

नेपालले आज बहराइनसँग खेल्दै

Banner

काठमाडौं, असोज ११-

एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग अन्तिम खेल खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। यसअघि नेपालले तीन खेलमध्ये एक खेलमा जित र दुईमा हार ब्यहोरेको छ।

बुधबार भएको तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग ६–० को लज्जास्पद हार ब्यहोरेको थियो। उक्त हारले समूह ‘बी’ को नेपालको एसियन कप पुग्ने सम्भावना न्यून बनेको छ। नेपालले तीन खेलबाट तीन अंक जोडेको छ।

पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को जित हासिल गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>