अन्तर्राष्ट्रिय

बेंगलुरुमा नेपाली महिलाको हत्या गरेका पुरुष ओडिसामा मृत फेला

Banner

काठमाडौँ, असोज १०-

भारतको बेंगलुरुमा नेपाली महिला महालक्ष्मीको हत्यामा संलग्न व्यक्ति भारतकै ओडिसा राज्यको एउटा गाउँमा मृत फेला परेका छन् ।

प्रहरीले उनको खोजी गरिरहेको थियो । आफू पक्राउ पर्ने भएपछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । ओडिसाको भद्रक जिल्लाको एउटा गाउँमा बुधबार रुखमा झुण्डिएको अवस्थामा आरोपितको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपितको नाम मुक्तिरन्जन राय हो । उनको एउटा डायरीसमेत बरामद भएको प्रहरीले जनाएको छ । डायरीमा उनले महालक्ष्मीको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको बताइएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी र रन्जन सन् २०२३ देखि रिलेशनशिपमा थिए । दुवै एउटै मलमा काम गर्दै आएका थिए ।

२० सेप्टेम्बरमा बेंगलुरुस्थित आवासमा २९ वर्षीय महालक्ष्मीको शव विभत्स अवस्थामा फेला परेको थियो । उनको शव ५९ टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला परेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार तीन दशकअघि महालक्ष्मीका आमाबुबा रोजगारीको सिलसिलामा नेपालबाट बेंगलुरु आएर बस्न थालेका थिए । महालक्ष्मीको विवाह नेलमंगलामा बस्दै आएका हेमन्त दाससँग भएको थियो ।

महालक्ष्मी विगत ४ वर्षदेखि पतिसँग अलग भएर बस्दै आएकी थिइन् । महालक्ष्मीकी ४ वर्षीय छोरीसमेत छिन् । छोरी आफ्नै पितासँग बस्दै आएकी छन् ।महालक्ष्मीले पतिसँग सम्बन्धविच्छेद भने गरेकी थिइनन् । तर परपुरुषसँग सम्बन्ध रहेको भन्दै पतिले विवाद गरेपछि उनी एक्लै बस्दै आएकी थिइन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>