समाचार

गोरखा मिडियामा सहकारीबाट आएको रकमको जिम्मेवारी लिन्छुः रवि लामिछाने

Banner

काठमाण्डौँ, असोज ८-

रास्वपा सभापति तथा गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले विभिन्न सहकारीबाट सो प्रालिमा आएको रकम अपचलन भएको विषयमा आफूले जिम्मेवारी लिने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लाइभमा आएर उनले यस्तो स्वीकारोक्ति गरेका हुन् । उनले यसको नैतिक, कानुनी र आर्थिक जे जेम्मवारी लिनुपर्ने भए पनि जिम्मेवारी लिने बताएका छन् । उनले ठगेर आएको पैसा तैँले किन चलाइस् भन्ने प्रश्न उठेको भन्दै आफूले त्यसको जिम्मेवारी लिने बताएका छन् ।

उनीमाथि सहकारी ठगीबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिले सहकारीबाट आएको रकम अपचलन गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । लामिछानेले समितिको प्रतिवेदन भने राजनीतिक भएको समेत टिप्पणी गरेका छन् ।

यसअघि आफू सहकारी ठगीमा कतै पनि संलग्न नरहेको दाबी गर्दै आएका लामिछाने समितिले कारबाही गर्न सिफारिस गरेपछि नरम बन्दै आएका छन् । तर, सरकारले सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरी प्रधान कार्यालयले प्रतिवेदन प्रक्रिया आगाडि बढाउँदा भने लामिछानेले आफूलाई पक्राउ गर्न लागिएको भन्दै विरोधमा उत्रिएका छन् । उनका पूर्वव्यावसायिक साझेदार छविलाल जोशी यही प्रकरणमा पक्राउ परिसकेका छन् । सहकारी ठगी सम्बन्धि मुद्दा चलाए जनतामाझ जाने चेतावनी समेत दिएका छन् । उनले दशैँ तिहार जस्ता चार्डपर्वमा पनि तयारी अवस्थामा रहेर बस्न अनुरोध गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>