समाचार
मलाई पक्रन सरकारले दसैँ कुरे जस्तो लागेको छः रवि लामिछाने

काठमाण्डौँ, असोज ९-
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न सरकारले दसैँ कुरेको जस्तो आफूले महसुस गरेको बताएका छन् । सामाजिक सञ्जालमा लाइभ आएर लामिछानेले मानिसहरू चाडपर्व मनाइरहेका बेला पक्राउ गर्दा विरोध नहुने बुझेर सरकारले दसैँ कुरेको जस्तो आफूलाई लागिरहेको बताए ।
उनले आफ्नो समर्थनमा सडकमा आउन कसैलाई आग्रह नगरेको बताए । यद्पि आफूले समर्थकलाई अन्याय भएको कुरा जानकारी गराउन पाउने अधिकार रहेको बताए । त्यसक्रममा उनले मिडियाले आफूलाई अनावश्यक रूपमा खेदिरहेको गुनासो पोखे । उनले सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको जिकिर पनि गरेका छन् । उनले छमछामबाट सरकारले आफूलाई लडाउन खोज्ने कानुनी उपचार खोज्ने बताए । उनले गोर्खा मिडियामा आफ्नो कार्यकालमा आएको रकमको अपचलनबारे कानुनबमोजिम जिम्मेवारी लिने बताए ।
यद्पि सहकारीबाट आफूले सोझै रकम नलिएको कुरा संसदीय छानबिन समितिले भनिसकेको उनले बताए ।
























