अटो
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो भाउ ?
०

काठमाडौँ, असोज ८-
सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
सोमबार प्रतितोला रु एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५९ हजार सात सय निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार नौ सय १५ निर्धारण भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























