चितवन विशेष

असोजमा पनि चितवनमा उखरमाउलो गर्मी,आजको तापक्रम ३७ डिग्री

Banner

चितवन, असोज ७-

असोज लाग्दापनि चितवनसहित तराईका जिल्लामा उर्खरमाउलो गर्मी छ । गर्मीका कारण यहाँको जनजिवन प्रभावित बनेको छ । पछिल्लो समय पानी परेको छैन । भरतपुर विमानस्थलका अनुसार आज (सोमबार) भरतपुरको अधिकतम तापक्रम ३७ डिग्री छ । पछिल्लो तीन दिन यता यहाँको तापक्रम ३५ डिग्री माथि छ । दशै नजिकिदै गर्दा सितल मौसम हुने आशमा रहेका नागरिकलाई गर्मीले अत्यास बनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन मात्र नभई तराइका जिल्लामा तापक्रम बढेको छ । महाशाखाका अनुसार भोलिदेखि मनसुन सक्रिय हुने भएकाले पानी पर्ने सम्भावना छ । चितवनमा पर्सीदेखि पानी पर्ने महाशाखाले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>