समाचार

प्रसाईंलाई वीर अस्पतालबाट लगियो साइबर ब्युरो, थालियो बयान

Banner

काठमाडौँ, असोज ७-

आइतबार आफ्नै निवासबाट पक्राउ परेका विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बयान सुरु भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट ब्युरोमा लगेर बयान थालेको हो।

साइबर ब्युरोका एक प्रहरी अधिकारीका अनुसार, उनलाई आइतबार राति नै अस्पताल भर्ना गरिएको थियो। प्रसाईंलाई मेडिकल जाँचका लागि वीर अस्पताल लगिएको थियो। सोही क्रममा उनको स्वास्थ्यमा थप समस्या भएको चिकित्सकले बताएपछि भर्ना गरिएको ती प्रहरी अधिकारीले बताए।

‘अहिले अस्पतालबाटै बयानका लागि ब्युरोमा ल्याएका छौँ,’ ती प्रहरी अधिकारीले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए। सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>