माैसम
आज राति यी प्रदेशमा भारी वर्षाको सम्भावना
०

काठमाडौं, असोज ७-
देशका केही भागमा आज बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदली छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रही मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश र बागती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























