समाचार
दुर्गा प्रसाईंका ५ जना समर्थक पक्राउ
०

काठमाडौं, असोज ६-
दुर्गा प्रसाईँ पक्राउको विरोधमा उत्रिएका उनका ५ जना कार्यकर्ता पक्राउ परेका छन्। भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।
ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो। एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी दिएकी थिइन्। प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन। प्रसाईले चरित्र हत्या हुने गरी बोलेका विषयहरु ती युट्युबरका च्यानलमा प्रशारण भएको दावी गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























