अपराध
फेसबुक, टिकटकमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ
०

काठमाडौं, असोज १-
पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् ।
सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार वीरगञ्ज-प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले पटेललाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धान भइरहेको र त्यस्ता गतिविधिमा संलग्न अन्यको पनि खोजतलाश भइरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























