समाचार
वसन्तपुरमा हुलहुज्जत गरेको भन्दै बालेनका समर्थक प्रहरीको नियन्त्रणमा
०

काठमाडौं,असोज १-
इन्द्रजात्रामा विवाद भएपछि महानगरका मेयर बालेन शाहका १३ जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्द्रजात्रामा अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर हुलहुज्जत गरेको भन्दै वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।
बालेनको फोटो अंकित टिसर्ट लगाएपछि स्थानीयबीच विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























