चितवन विशेष

सिमलताल ट्रक दुर्घटनाः ट्रकका मालिक र चालक अझै आएनन् सम्पर्कमा

Banner

चितवन, असोज १-

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट आइतवार बिहान त्रिशूली नदीमा खसेको ट्रकका मालिक र चालक अझै सम्पर्कमा नआएको प्रहरीले बताएको छ । सूर्यमुखी तेल बोकेको ट्रक सडकबाट करिब १०० मिटर तल खसेको थियो । ट्रक पानी बाहिरै भेटिएको थियो । उक्त दुर्घटनालाई प्रहरीले शंकास्पद भनेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनाग्रस्त ट्रकलाई कार्यालय परिसरमा ल्याएर राखिएको छ । ट्रकका मालिक, चालक र सहचालक भने सम्पर्कमा नआएको उनले बताए । तेलधनी भने सम्पर्कमा आएको उनले जानकारी दिए ।

‘ट्रकमा तेल हाल्ने र किन्ने व्यक्तिहरु सम्पर्कमा आएका छन् । ट्रकको धनी र चालकहरुको बारेमा उनीलाई जानकारी रहेनछ । ट्रकवाला कोहि पनि सम्पर्कमा आएका छैनन्’, उनले भने, ‘ट्रक साहु पत्ता लगाउनलाई यातायात कार्यालयमा पत्र पठाइएको छ ।’

ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>