समाचार
दुईजना अंगरक्षकसहित डली चायवाला झापामा,लंका रिसोर्टमा चिया बनाएर खुवाउने
०

झापा,असोज १-
डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए ।
उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् ।
त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाउनेछन् । सोही होटलमा हुने कार्यक्रममा हिमालय टिभीको रियालिटी शो भ्वाइस किड्सबाट चर्चित अर्नव वनसहितका कलाकारले सांगीतिक प्रस्तुति समेत दिने भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























