समाचार

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

Banner

काठमाडौँ, भदौ ३०-

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार सूचना जारी गर्दै बैठक आइतबार ३ः१५ बजे बस्नेसम्मका लागि स्थगित गरिएको हो ।

जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ ।

बिहीबारको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएका थिए । त्यसमा माओवादी केन्द्रले आपत्ति जनाउँदै सभामुखको निर्णय स्वीकार नगर्ने भन्दै सदन अवरोध गरेको थियो ।

सोही विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर‚ बैठकमा सहमति जुट्न सकेन । माओवादीले सदन अवरोध जारी रहने बताइसकेको छ ।

त्यसकारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक हालसम्म सञ्चालन हुन सकेन ।

प्रतिनिधि सभा बैठक सञ्चालन नियमावली अनुसार निर्धारित समयभन्दा २ घण्टासम्म बैठक बस्न नसके सूचना टाँस गरेर स्थगन गर्नुपर्ने हुन्छ ।

‘१५ मिनेट भनेको २ घण्टा सम्मलाई समय रह्यो । अब ५ः१५ मा बैठक बसेपनि हुन्छ । एकछिनका लागि निकास निकालिएको हो‚’ एक सचिवालय सदस्यले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>