खेलकुद

एनपीएलका मार्की प्लेयरले २० लाख पाउने

Banner

काठमाडौं, भदौ २९-

नेपाल प्रिमियर लिग (एनपीएल) का मार्की खेलाडीले कम्तीमा २० लाख रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने यो फ्रेन्चाइज लिगका लागि शुक्रबार मार्की प्लेयर घोषणा गरेको थियो । शनिबार गोला प्रथाबाट उनीहरुको टिम छनोट गरिएको छ ।

शनिबार गरिएको घोषणा अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

अरु खेलाडी छनोटका लागि भने दशैं अघि नै बोलकबोल हुनेछ । एनपीएलका हरेक टिमले १६ जना खेलाडी राख्न पाउनेछन् । त्यसमा ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>