समाचार
रक्सी खाएर झगडा, दाजुले गरे भाइको हत्या
०

काठमाडौं, भदौ २९-
झापाको शिवसताक्षी नगरपालिका–८ मा दाजुले भाइको हत्या गरेका छन्।
शितलचोक निवासी नारायण सिटौलाले बिहीबार राति भाइ रामप्रसाद सिटौलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ खाएर झगडा गर्ने क्रममा नारायणले दाउराले हानेर भाई रामप्रसादको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। नारायणलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























