घटना -दुर्घटना
पहिरोमा पुरिएर डोटीमा श्रीमान–श्रीमती घाइते
०

धनगढी, भदौ २८-
डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् । अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।
डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिए । उनीहरु मध्ये भागरथीको अवस्था गम्भीर रहेको छ ।
दुवै जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको बताउँदै डीएसपी भट्टराईले पानी परिरहेका कारण उपचारका लागि स्वास्थ्य संस्था सम्म लैजान कठिनाइ भइरहेको बताए । पहिरोमा पुरिएर दर्जन बढि खसीबोका र चार गाईगोरु मरेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























