खेलकुद

सरकारले आज पलेशालाई ६५ लाख दिँदै

Banner

काठमाडौं, भदौ २८-

सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख रूपैयाँ पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार आज एक कार्यक्रममा बीच उनलाई हस्तान्तरण गर्ने भएका छन्। सरकारले कर नकाटी उक्त रकम दिन लागेको हो।

आज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षलाई पनि उक्त पुरस्कार हस्तान्तरण गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के-४४ वर्ग अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>