चितवन विशेष

भाटभटेनी सुपरमार्केट्सको २९औँ स्टोर चितवनको टाँडीमा

Banner

चितवन, भदौ २६-

भाटभटेनी सुपरमार्केट्सले चितवनमा २९औँ स्टोर सञ्चालनमा ल्याउने भएको छ ।

पोखराको तालचोकमा भूमि पुजन गरेर २८औँ स्टोर सञ्चालनको तयारी गरेको सुपरमार्केट्सले टाँडीस्थित शान्ति चोकमा स्टोर सञ्चालनमा ल्याउन लागिएको हो । सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औँ स्टोरले यस क्षेत्रका जनतालाई सहजता प्रदान गर्ने बताएका छन् । पोखरामा तीन दिनअघि भाटभटेनीले २८औँ स्टोर निर्माणका लागि भूमि पुजन गरेको थियो ।

उनले एक वर्षभित्रैमा उक्त स्टोर सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि केही प्राविधिक कामले ढिलाइ भए १४ महिनाभित्रमा सञ्चालनमा आउने बताए ।

टाँडीमा सञ्चालनमा आउन लागेको स्टोर बेसमेन्टसहित सात तलाको हुनेछ ।

एक तलामा ४६ हजार स्क्वायर फिट रहन्छ । चितवनमा नक्सा पासदेखि, कित्ताकाटलगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्नेछ । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने पहिल्यै सञ्चालनमा आइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>