चितवन विशेष

भरतपुरका विभिन्न स्थानमा आज दिउँसो विद्युत अवरुद्ध हुने

Banner

चितवन, भदौ २६-

भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा आज दिउँसो विद्युत अवरुद्ध हुने भएको छ ।

११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यका लागि विद्युतीय संरचनाहरु स्थानान्तरण गर्नुपर्ने भएकाले भरतपुर महानगरको वडा नं ५, ७, ८ र ९ का विभिन्न स्थानमा विद्युत् लाइन काट्न लागिएको विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार धारे चोकदेखि सरदपुर स्कुल, वडा नं ९ को कार्यालय र आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने छ ।

त्यस्तै, भरतपुर–७ को प्रेमवस्ती चोकदेखि वडा नं ५ को कार्यालयसम्म र त्यस आसपासका क्षेत्रमा पनि दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>