माैसम

चार प्रदेशका केहि स्थानमा आज भारी वर्षाको सम्भावना

Banner

काठमाडौं, भदौ २४-

देशका केही भू–भागमा बिहान वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ। सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>