समाचार

काठमाडौँ परिसरका हवलदारमाथि छानबिन गर्न एसपीको नेतृत्वमा समिति

Banner

काठमाडौँ, भदौ २३-

जिल्ला प्रहरी परिसर काठमाडौँकामा कार्यरत सहायक हवलदार गणेश खड्कामाथि छानबिन थालिएको छ । मुद्दा शाखामा कार्यरत हवलदारले क्रिप्टो कारोबारीलाई पक्राउ गरेर ५० लाख असुल गर्न अर्का एकजना व्यक्तिलाई सहयोग गरेको आशंका छ ।

काठमाडौँका एसएसपी वसन्त रजौरेले एसपी नवराज अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा डीएसपी प्रह्लाद कार्की सहित ४ जना सदस्य छन् ।

क्यानडाबाट काठमाडौँ आएका आशिष आचार्य क्रिप्टो कारोबारमा संलग्न भएको सूचना तेज तामाङले सहायक हवलदार खड्कालाई दिएका थिए । सो सूचनाको आधारमा भदौ १४ मा आचार्य पक्राउ परे । क्यानडामा बसेर क्रिप्टो कारोबार गरेको तर, नेपालमा त्यसबारे उनले कारोबार नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएपछि प्रहरीले उनलाई रिहा गर्ने निर्णय गरेको थियो ।

तर, उनलाई छुटाउने आश्वासन दिएर तेज तामाङले आशिषको दिदीसँग ५० लाख रकम असुलेको थाहा भएको छ । मुद्दा चलाउनुपर्ने आधार नदेखिएको सूचना गणेशले दिएपछि ‘छुटाउँछु’ भनेर तेजले रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरूको आशंका छ । तर, सहायक हवलदारले रकम लिएको पुष्टि भएको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>