खेलकुद

इङ्ग्ल्यान्डका अलराउन्डर मोइनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Banner

काठमाडौं, भदौ २३-
इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

यही महिना हुने अस्ट्रेलियाविरुद्धको सिरिजका लागि इंङ्लिस टोलीमा नपरेपछि उनले अन्तर्राष्ट्रिय क्रिकेट छाडेका हुन् । ३७ वर्षे मोइनले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् ।

इङ्ग्ल्यान्डका लागि सन् २०१४ देखि २०२४ सम्म मोइनले २९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अफ स्पिनर मोइनले इंग्ल्यान्डका लागि ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ ट्वान्टी-२० खेलेका छन् । सन् २०२१ मा अन्तर्राष्ट्रिय टेस्टबाट सन्यास लिएपनि मोइन २ वर्षपछिको एसेसमा इंग्ल्यान्ड टिममा फर्किएका थिए ।

सन् २०१४ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले ६ हजार ६ सय ७८ अन्तर्राष्ट्रिय रन बनाउनुका साथै ३ सय ६६ विकेट लिएका छन् । उनले सिनियर पुरुष टोलीबाट सन् २०१९ को क्रिकेट विश्वकप र २०२२ को टी( ट्वान्टी विश्वकप जितेका थिए ।

उनी यही वर्ष भएको आइसिसी पुरुष टी ट्वान्टी विश्वकपमको स्क्वाडमा पनि थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>