खेलकुद

महिला लिगः पुलिस क्लवको अपराजित यात्रा कायमै, बागमतिलाई १–० गोलले हरायो

०
Banner

काठमाडौँ, भदौ २३–

एन्फा महिला लिग अन्तरगत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले अपराजित यात्रा कायमै राखेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबले बागमती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसंगै पुलिस २ जित र १ बराबरीका साथ अपराजित यात्रा कायमै राखेको छ । पुलिसको जितमा एक मात्र गोल खेलको ६५औं मिनेटमा निर्मला उपाध्यायले गरिन् । खेलमा थप गोल हुन सकेन र पुलिस १–० गोलले विजयी भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>