अन्तर्राष्ट्रिय
भारतको लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो
०

काठमाडौ,भदौ २३-
भारतीय प्रान्त उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ।
दुर्घटनामा घाइते हुनेको संख्या २८ पुगेको राहत आयुक्तको कार्यालयले जनाएको छ। उद्धार जारी रहेको र घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली रहेको कार्यालयले जानकारी दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























