समाचार
‘टिकटक झरना’ मा खसेर बालिका बेपत्ता
०

ताप्लेजुङ, भदौ २१-
ताप्लेजुङमा एक बालिका झरनाबाट खसेर बेपत्ता भएकी छन्। सिरिजङ्गा गाउँपालिका ५ पेदाङ होक्माकी ६ वर्षीया सन्ध्या भण्डारी झरनाबाट कावेली खोलामा खसेर बेपत्ता भएकी हुन्।
टंक (काजी)भण्डारीका छोरी सन्ध्या स्थानीय रूपमा चर्चित टिकटक झरनाबाट खोलामा खसेपछि बेपत्ता भएको जानकारी तेल्लोक निवासी अर्जुन भट्टराईले दिए। बालिकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, र स्थानीय बासिन्दाको सक्रियतामा प्रयास जारी छ।
शुक्रबार रात परेकोले खोजी कार्य रोकिएको छ भने शनिबार बिहानैदेखि पुनः खोजी कार्यलाई निरन्तरता दिने योजना रहेको भट्टराईले जनाए। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























