समाचार

डेंगुबाट ४ जनाको मृत्यु, मुस्ताङ र हुम्लामा बाहेक सबै जिल्लामा संक्रमित

Banner

काठमाडौं, भदौ २०-

यसवर्ष मुस्ताङ र हुम्ला जिल्लाबाहेक ७५ जिल्लामा डेंगु फैलिँदा ६ हजार ८३१ जना संक्रमित भएका छन् । सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)ले जनाएको छ ।

इडीसीडीका अनुसार सबैभन्दा धेरै डेंगुका बिरामी गण्डकी प्रदेशमा देखिएका छन् । प्रदेशमा डेंगु पुष्टि हुनेको संख्या तीन हजार २२९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै एक हजार १४९ जनामा डेंगु पुष्टि भएको छ । तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशमा एक हजार ७२३ मा डेंगु देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै कोशी ८१५, लुम्बिनीमा ४७४, सुदूरपश्चिममा ३७९, मधेशमा १०६ र कर्णाली प्रदेशमा १०५ जना संक्रमित भेटिएका छन् ।

अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो । जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>