समाचार

मुनाको हत्या आरोपीलाई धरौटीमा छाड्न अदालतको अस्वीकार

Banner

काठमाडौं, भदौ १९-

अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबि सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ ।

शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो । स्थानीय पत्रिका क्लिक२ह्युस्टनका अनुसार अदालतका कागजातहरूमा हत्याका अभियुक्त ५१ वर्षीय शाह र २१ वर्षीइ पाण्डेबिचको सम्बन्धबारे नयाँ विवरण पत्ता लागेको छ । अदालतको अभिलेख अनुसार एक वर्षअघि पाण्डेले काम गर्ने चमेना गृहमा शाह पटक पटक आउने गरेको पत्रिकाले जनाएको छ ।

प्रारम्भिक बयानका क्रममा शाहका वकिलले आफ्ना ग्राहक शतप्रतिशत निर्दोष रहेको र आफूलाई निर्दोष साबित गर्न उत्साहित रहेको बताएका थिए ।

यद्यपि सरकारी वकिलहरूले डिसेम्बरमा अर्को सुनुवाइ नभएसम्म शाहको जमानत अस्वीकार गर्न अनुरोध गरेका थिए । मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । मुना नर्सिङ पढिरहेकी थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>