समाचार

बाँकेको नरैनापुरमा झाडा पखालाबाट चार जनाको मृत्यु

Banner

बाँके, भदाै १७-

बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकैदिन चार जनाको मृत्यु भएको छ । नरैनापुर-३ गेगली गाउँमा एक्कासी फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् ।

भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिएका छन् ।

उनका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको झाडापाखाकै कारण मृत्यु भएको हो ।

फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>