समाचार
विदेशी पर्यटकलाई चर्को शुल्क लिने बसलाइ ट्राफिक प्रहरी प्रभागले गर्यो कारबाही(भिडिओ)

काठमाडौँ, भदौ १५-
विदेशी नागरिकलाई सरकारले निर्धारण गरेभन्दा चर्को शुल्क लिने बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
बिहीबार एक विदेशी पर्यटकलाई उपत्यकाभित्र चल्ने बसका कन्डक्टरले बढी भाडा लिएपछि महानगरीय ट्राफिक प्रहरी प्रभागले उक्त बसलाई कारबाही गरेको हो ।
२५ देखि ३५ रुपैयाँ भाडा लाग्ने ठाउँमा आफू ठगिएको र ६ गुणा बढी भाडा तिर्नुपरेको ती पर्यटकको गुनासो गरेका छन् ।
‘ती पर्यटकले आफू ठगिएको बताएको भिडिओमा देखिन्छ।
‘वाइल्ड कार्लोस अपियर्ड’ नामक आफ्नो फेसबुक पेजमा ती पर्यटकले भिडिओ पोस्ट गरेपछि अहिले भाइरल भएको छ।
‘उक्त बा३ख ४०४९ नम्बरको भाडा बसलाई अनुसन्धान एवं कारबाही गरिएको साथै दैनिक रुपमा बढी भाडा लिने त्यस्ता सवारीसाधनहरुलाई अनुगमन गरी कारबाही समेत गर्दै आएको व्यहोरा अनुरोध छ’, ट्राफिक प्रहरी प्रभागले भनेको छ।
प्रहरीले उक्त बसलाई बढी भाडा लिएको हकमा ५००० रुपैयाँसम्म जरिवाना हुनसक्ने गरी कारबाही गरेको छ।
https://www.facebook.com/reel/890030376346515
























