खेलकुद
क्रिकेटर सोमपाल टेन प्लाष्टको ब्राण्ड एम्बेसडर
०

बुटवल, भदौ १५-
क्रिकेटर सोमपाल कामी टेन प्लास्ट इण्डस्ट्रिजका उत्पादनको ब्राण्ड एम्बास्डरमा अनुबन्धित भएका छन् । भैरहवामा एक औपचारिक समारोहमा उद्योगका अध्यक्ष धिरज अग्रवालले क्रिकेटर कामीलाई उद्योगको प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बास्डरमा अनुबन्धित भएको सार्वजनिक गरेका हुन् ।
ब्राण्ड एम्बास्डरमा अनुबन्धनको सम्झौता १५ महिनासम्म लागू हुने सोमपालले बताए । उनले उद्योगका अध्यक्ष धिरज अग्रवाल क्रिकेटप्रेमी भएका, उद्योगको नाम र आफ्नो जर्सी नम्बरको अंकसमेत मिलेकाले स्वदेशी उत्पादनको प्रवर्धनमा आफू अनुबन्धित भएको बताए ।
उद्योगका अध्यक्ष अग्रवालका अनुसार एक अर्ब लगानीमा २०७७ सालमा स्थापना भएको उद्योगले नेपालमै पहिलोपटक इटालियन प्रविधिबाट प्लम्बिङसम्बन्धी सबै सामान एउटै उद्योगबाट उत्पादन गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























