खेलकुद

क्यानडाअघि नेपाल श्रीलंका जाने

Banner

काठमाडौं, भदौ १४-

नेपाल क्रिकेट टिम आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ । भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो । सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको छ । नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ ।

अघिल्लो महिना नै क्यानडा टी २० लिग खेल्न गएका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने श्रीलंका भ्रमणमा हुने छैनन् । नेपालले रोहितको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरेको छ । उक्त टोलीबाट नेपालले क्यानडा जाने अन्तिम टोली पनि घोषणा गर्नेछ । नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार दीपेन्द्र र रोहित टोलीसँगै क्यानडामा जोडिनेछन् ।

आईसीसी विश्वकप लिग–२ घरेलु टोली क्यानडासँगै, नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी(२० आई सिरिज पनि हुनेछ । नेपाली टोली आइतबार श्रीलंका भ्रमणमा जानेछ ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>