समाचार

टुँडिखेलमा ओली-देउवाविरुद्ध नाराबाजी गरेपछि पक्राउ परेका तीनैजना रिहा

Banner

काठमाडौं,भदौ १४-

काठमाडौँको टुँडिखेलमा सोमबार (भदौ १०) दिउँसो गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीनजना नै रिहा भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा नेताहरूको विरुद्धमा नाराबाजी गरेको आरोपमा प्रहरीले तीनजना युवाहरूलाई पक्राउ गरेको थियो।

उनीहरू सबैलाई शुक्रबार रिहा गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। सुर्खेत घर भएका ३४ वर्षीय गोपीराम जैसी, अछाम घर भएका २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भएका दिपक सिंह ठगुन्ना पक्राउ परेका थिए।

उनीहरूलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो। लगत्तै, शुक्रबार रिहा भएका हुन्। युवाहरूले नेताहरूप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका थिए। युवाहरूको उक्त शैलीप्रति ओली र देउवा दुवैले सम्बोधनको क्रममा आपत्ति जनाएका थिए। देउवाले ती युवाहरूलाई ‘बदमास’ भन्दै आक्रोश पोखेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>